
०४ भदौ २०७६, काठमाडौं
शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछाने सहित तीन जना प्रक्राउ भएपछि चर्चित सञ्चारकर्मी तथा समाजसेवी शिशिर भण्डारी चितवन पुगेर न्यायको पक्षमा बोलेका छन् । गहन रुपमा सत्य तथ्य छानबिन होस । हामी सबैका प्रिय सञ्चारकमी रवि लामिछाने दाईले देश र जनताका लागि गर्नु भएको सत्कर्महरुको हामी प्रशंसा गरेर थाक्दैनौं” उनले शान्तिपुर्ण ढंगले शालिक राम पुडासैनी प्रकरणमा सत्यतथ्य छानबिन होस र दोषीलाई कारवाही होस, निर्दोष नफसोस भनेका छन् ।
शिशिर चितवन पुग्दा रवि र शिशिरका समर्थकहरुले उनलाई तालीले स्वागत गरेका थिए । आजै चितवन पुगेका शिशिरले प्रहरी प्रशासनको सम्मान गर्दै, देशको न्यायालयको सम्मान गर्दै, यथार्थ तरुन्तै पत्ता लगाउन भनेका छन् । उनले भने, यदि रवि लामिछाने जस्ता देशको लागि मरिमेट्ने सपुतलाई फसाउने षड्यन्त्र भएको हो भने, शिशिर भण्डारी जस्ता देशको लागि केहि गर्छु भन्नेले म रे हुन्छ ।





