जयशंकर काठमाडौं आइपुगे, प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्दै



०४ भदौ २०७६, काठमाडौं

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल(काठमाडौं) आइपुगेका छन्।

नेपाल–भारतको संयुक्त बैठकमा सहभागी हुन जयशंकर बुधबार काठमाडौं आइपुगेका हुन्।

जयशंकरलाई विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरेका छन्। नेपालले संविधान निर्माण गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा नेपाल आएका उनी मन्त्री भएपछि फेरि आएका हुन्।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनले आजै २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन्।

यसअघि चौंथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो। यो बैठक दुई दिन चल्ने छ। त्यहीँ बैठकमा भएका निर्णय तथा प्रगतिको पुनरवलोकन गर्दै दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन काठमाडौंको बैठकलाई महत्वपूर्ण मानिएको छ।

आयोग गठन भएको ३२ वर्षपछि हुन लागेको पाँचौँ बैठकलाई स्वदेशी तथा विदेशी कूटनीतिक क्षेत्रले विशेष महत्वका साथ लिएका छन्। अपराह्न ३ बजे उद्घाटनसँगै विदेशमन्त्रीस्तरीय आयोगको बैठक सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्