रिलायन्सलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड



०३ भदौ २०७६, काठमाडौं

काठमाडौँ कपनमा अवस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (International School Award) २०१९–२०२२ जित्न सफल भएको छ ।

विद्यालयले यसअघि पनि सन् २०१५ मा अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार २०१५—२०१८ जित्न सफल भएको थियो । नेपालभरिबाट ४१ विद्यालयले मात्र सो पुरस्कार प्राप्त गर्न सफल भएका छन् । सन् २०१२ मा सुरु भएको इन्टरनेसनल स्कुल अवार्ड (आइ.एस.ए) सामान्य पुरस्कारभन्दा महत्वपूर्ण छ ।

ब्रिटिस काउन्सिलको कनेक्टिङ क्लासरुम थ्रु ग्लोबल लर्निङ कार्यक्रम अन्तर्गत रहेर रियाका विद्यार्थीहरूले एसिया, अफ्रिका र युरोपभित्रका ११ देशका विद्यालय एवम् विद्यार्थीहरूसँग विभिन्न परियोजनाअन्तर्गत शिक्षण सिकाइ प्रक्रियाको आदान प्रदान गरेका थिए ।

पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रमभित्र रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विद्यालयहरूसँग सहकार्य गर्दै विद्यार्थीहरूलाई यस कार्यक्रमले विश्वव्यापी क्षेत्रमा एकअर्काबाट सिक्ने मञ्च प्रदान गर्दै आएको छ ।

विद्यालयले विभिन्न १० ओटा परियोजनामार्फत् कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराइ विश्वबजारका लागि आवश्यक ज्ञान, सीप, सोच र अवधारणाको विकास गराउन महत्वपूर्ण भूमिका खेलेकोमा विद्यालय पुरस्कृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्