
०३ भदौ २०७६, काठमाडौं
आइडिया स्टुडियो को चौथो सिजन शुरु भएको छ । चौथो सिजनबारे हालै पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आइडिया स्टुडियो नेपालका चेयरपर्सन छिरिङ्ग लामाले धेरैको माया, सद्भाव, सुभावना र सहयोगले नै आइडिया स्टुडियोले आज सफलताको यो स्थान लिएको बताए । साथै उनले सोचलाई उद्योग सम्म पु¥याउने मुख्य नारा बोकेको आइडिया स्टुडियो सामाजिक न्यायको विषयमा सदैव सचेत रहेको पनि उल्लेख गरेका छन् ।

आइडिया स्टुडियोको चौथो सिजनको सहयोगमा जुटेको डब्लुडब्लुएफ नेपालका प्रतिनिधि डा. घनश्याम गुरुङ्गले उद्यमशिलता विकास र व्यवसायको विस्तार गर्ने क्रममा प्रकृति र पर्यावरण साथै पानीका स्रोतहरुलाई असर नपर्ने गरि गर्नुपर्ने बताए । साथै उनले आइडिया स्टुडियोलाई सुभकामना समेत दिएका छन् ।

आइडिया स्टुडियो नेपाल हरेक व्यक्तिको व्यासायिक सोचलाई उद्यमशिलतासंग जोडेर उद्यमी बन्न प्रेरित गर्दै समाजमा नै व्यवसायिक परिवर्तन गराउने एक उत्कृष्ट माध्यम हो । व्यक्तिको नविन र सकारात्मक सोचले नै नयाँ आवीश्कार हुन सक्दछ र त्यसले समाज र राष्ट्रमा नै महत्वपुर्ण योगदान पुग्न सक्छ भन्ने ध्येयका साथ यस अघि आइडिया स्टुडियोका तिनै वटा सिजन सम्पन्न भइसकेका छन, र यो निकै प्रभावकारी साबित भइसकेको छ ।

सन् २०१४ बाट शुरु भएको आइडिया स्टुडियोमा मुलुकभरबाट १५०० भन्दा धेरै आइडियाहरु प्राप्त भइसकेका छन भने ९० वटा भन्दा धेरै आइडियाहरुले सफलतापुर्वक व्यवसायिक बाटोमा यात्रा गरिरहेका छन । आइडिया स्टुडियोमा आउनु अघि र आइसकेपछि आफ्नो सोच अनुसारको व्यवसायमा आएको परिवर्तन देखेर उद्यमीहरु निकै उत्साही अनि खुसी छन ।





