काठमाडौं र पोखरामा आठौं युरोपियन फिल्म फेस्टिभल हुँदै



०३ भदौ २०७६, काठमाडौं

युरोपियन युनियनको काठमाडौं कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ईयु राजदुत भेरोनिका कोडिले भदौं ७ गतेदेखि १० गतेसम्म क्यूब सिनेमा राईजिङ्ग मल र भदौ १४ देखि १६ सम्म मिड टाउन सिनेमा न्यूरोड पोखरामा आयोजना हुने आठौं युरोपियन फिल्म फेस्टिभल बारे जानकारी दिएकी छिन् ।

फिल्म फेस्टिभलमा युरोपियन युनियन अन्र्तगतका आठ वटा देशका नौ ओटा फिल्म प्रदर्शन हुने राजदुत कोडीले जानकारी गराईन् ।

सांस्कृतिक आदान–प्रदान र युवाहरुमाझको सम्बन्धलाई अझ प्रगाढ बनाउन फिल्म फेस्टिभलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कोडीले बताएकी छिन् ।

फिल्म फेस्टिभलमा प्रदर्शन हुने चलचित्रहरु निःशुल्क हेर्न सकिने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्