प्रहरीलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि पारसले दिए यस्तो जवाफ



०३ भदौ २०७६,काठमाडौं

पूर्वयुवराज पारस शाहले त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा भएको घटनाका बिषयमा आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् । सुरक्षा जाँचमा रहेका प्रहरीलाई पारसले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

आफ्नो छोरालाई सुरक्षा जाँचमा रहेका प्रहरीले डण्डा देखाएपछि आफु आवेगमा आएको उनले स्वीकार गरेका छन् । ‘छोरालाई डण्डा देखाएपछि मैले प्रहरीलाई धक्का दिएको हुँ । जो मेरा लागि सह्य हुन सकेन’, उनले सामाजिक सञ्जालबाट भनेका छन् ‘मेरो आमालाई बैंकक पठाउन म विमान स्थल पुगेको थिँए, त्यहाँ मेरो छोराको फेसमै प्रहरीले डण्डा देखाए, मेरो मुड खराव भयो । मेरो ठाउँमा बसेर हेर्नुहोस, आफ्ना बालबालिकाका लागि जे गर्नु पथ्यो मैले त्यही गरेँ, बाँकी मुल्यांकन नेपाली जनताको हातमा ।’

उनले आफ्नो छोराको फेसमै प्रहरीले डण्डा देखाएको बताएका छन् । डिउटीमा रहेका प्रहरीले डण्डा देखाएको बताएपनि भिडियो भने डण्डा देखाएको देखिदैन । जाँच गर्न लागेका बेला पारसले धक्का दिएका थिए ।

उनले आफ्नो आमा बैंकक जाने बेला आफु उनीहरुलाई पठाउन विमानस्थल पुगेको बताएका छन् । विमानस्थलमा प्रहरीले छोरोका फेसमा भण्डा देखाएपछि आफ्नो मुड खराव भएको प्रतिक्रिया दिएका छन् ।

सोमबार प्रहरीलाई धकेलेको भिडियो सार्वजनिक भएपछि पारसलाई कारवाही गर्न माग गरिएको थियो । महानगरीय प्रहरीले छानविन थालेका बेला पारसले आफ्नो प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्