सिंहदरबारमा मृत फेला परेका नासुको साथमा सूसाइड नोट भेटियो



०३ भदौ २०७६, काठमाडौं

सिहंदरबारस्थित मृत फेला परेका राष्ट्रिय योजना आयोगका नायव सुब्बा बच्चुराम केसीको साथबाट सूसाइड नोट फेला परेको छ।

सूसाइड नोटमा उनले कसैको कारण नभइ आफ्नै कारणले आत्महत्या गरेका खुलाएका प्रहरीले जनाएको छ।

अन्य अर्थ नलाएर कसैलाई दुख नदिन पनि सूसाइड नोटमा उल्लेख गरिएको छ। मंगलबार सिंहदरबारस्थित आयोगकै कार्यालयमा मृत फेला परेका उनी सोमबार साँझै नै आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

सम्बन्धीत समाचारः

सिंहदरबारभित्रै मृत अवस्थामा भेटिए योजना आयोगमा कार्यरत नासु

प्रतिक्रिया दिनुहोस्