
०३ भदौ २०७६, काठमाडौं
सल्यान छत्रेश्वरी गाउँपालिकाको लान्तीमा दुई दिन अघि नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले खैराबाङ्ग भगवती मन्दिर गुठीको छ रोपनी १५ आना जग्गा कब्जा गरि ब्यानर गाडेका छन् ।
चन्दका समूहले जग्गामा गाडेको ब्यानर एक व्यवसायीलाई छापेको हो भन्दै प्रहरीले पक्राउ गरेको छ। शारदा नगरपालिका–१ श्रीनगर बजारको केसी डिजिटल आर्टका संचालक हरि केसीलाई पक्राउ गरेको हो। प्रहरीले उनलाई आफ्नै पसलबाट पक्राउ गरेको हो ।
सरकारले प्रतिबन्ध लगाएको पार्टीलाई सहयोग गर्नु गैरकानुनी भएका कारण केसीलाई पक्राउ गरेको भनेर प्रहरी नायब उपरीक्षक बिरेन्द्रबहादुर शाहीले बताएका छन् । केसीको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् ।





