एनओसीका अध्यक्ष श्रेष्ठद्वारा हाकाईदो म्याराथन टोलीको बिदाई



०२ भदौ २०७६, काठमाडौं

जापानमा आयोजना हुने हाकाईदो म्याराथनमा नेपालका होमलाल श्रेष्ठ र राजपुरा पाछिले प्रतिस्पर्धा गर्ने भएका छन ।

जापानको हाकाईदोमा अगष्ट २१ देखि २६ सम्म चल्ने म्याराथनमा होम र राजपुराले फुल म्याराथनतर्फ प्रतिस्पर्धा गर्ने छन । प्रतियोगिताको लागि दुई खेलाडीसहित ४ सदस्सीय नेपाली टिम जापान जानेछन् ।

नेपाली टोलीको प्रशिक्षकमा धनी राम चौधरी र एनओसीका स्टाफ आयुस जोशी जापान जाने छन । नेपाली टिम मंगलबार त्यसतर्फ जाने छन ।

नेपाली टोलीलाई सोमबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, पूर्व खेलकुद मन्त्री दलजित श्रीपाईली, एनओसी सदस्य निलेन्द्र श्रेष्ठ लगायतले विदाई गरे ।

प्रतिक्रिया दिनुहोस्