को हुन् ! प्रदेश नं ३ सम्पर्क समन्वय कमिटी इन्चार्ज सांसद गणेश कुमार पहाडी ?



०२ भदौ २०७६, काठमाडौं

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सिन्धुली क्षेत्र नं १ का सांसद गणेश कुमार पहाडीलाई प्रदेश नं ३ को समन्वय कमिटी इन्चार्जको जिम्मेवारी दिईएको छ ।

बैठकले बाँकी २२ वटा सांगठानिक एकताका कामलाई पूर्णता दिने क्रममा सांसद पहाडीलाई प्रदेश नं ३ को समन्वय कमिटी इन्चार्जको जिम्मेवारी दिएको हो ।

सांसद पहाडी २०७४ सालको प्रतिनिधिसभाको आम निर्वाचनमा सिन्धुलीको क्षेत्र नं १ बाट विजयी भएका थिए । सांसद पहाडी हाल संसदको विकास तथा प्रविधि समितिमा कार्यरत रहेका छन् ।

युवा नेता पहाडी २०७० सालको संविधान सभाको निर्वाचनमा सिन्धुली जिल्ला क्षेत्र नं १ बाट निर्वाचित भए पश्चात् समग्र सिन्धुली र विशेष आफ्नो क्षेत्रको विकास निर्माणको कामलाई अगाडि बढाउने सन्दर्भमा आफूले विशेष ध्यान दिएर काम गरेको दावी गर्छन् ।

२०७४ को आम निर्वाचनमा विजय हुन सफल भएपछि सांसद गणेश कुमार पहाडीले आफ्नो क्षेत्रमात्र नभएर सिन्धुली जिल्ला र समग्र नेपालको विकासलाई कसरी अगाडी बढाउने ? समग्र देशकै विकास नहुनका कारण के हुन् ? लगायतका विषयमा आफूले विशेष रुचीका साथ अध्ययन गर्दै यस क्षेत्रको विकास समितिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै आएका छन् ।

सिन्धुलीको विकास निर्माणका कामलाई अहिले मात्र नभएर सांसद पहाडी खाङ्साङ्ग गाउँविकास समितिको विकासलाई अगाडि बढाउने सन्दर्भमा त्यतिबेला गरेका कामको आधारमा जिल्ला परिषद्ले सबैभन्दा राम्रो काम गर्ने गाविस अध्यक्ष भनेर उत्कृष्ट अध्यक्षको रुपमा सम्मान समेत गरेको थियो ।

२०३९ सालबाट राजनीतिक यात्रा शुरु गरेका पहाडी २०४७ सालमा तत्कालीन नेकपा एमालेको संगठित सदस्यता प्राप्त गर्दै ०४८ सालमा सिन्धुली काठमाडौं सम्पर्क कमिटी नेकपा एमालेको संयोजक भए ।

२०५३ सालमा सिन्धुली काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष हुँदै २०५५ सालमा नेकपा माले जिल्ला कमिटीको जिम्मेवारी लिन पुगे । ०५६ सालमा सिन्धुली जिल्ला कमिटीको सदस्य भएका पहाडी २०६५ सालमा नेकपा एमाले सिन्धुलीको सचिव, ०६६ सालमा नेकपा एमाले सिन्धुली जिल्ला कमिटीको संयोजक, नेकपा एमालेको आठौं राष्ट्रिय महाधिवेशन पश्चात् नेकपा एमाले सिन्धुली क्षेत्र नं १ को तर्फबाट राष्ट्रिय प्रतिनिधी परिषद्मा २०६७ सालमा निर्वाचित भएका थिए ।

नेकपा एमालेको सातौं, आठौं र नवौं राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको भूमिका निर्वाह गर्दै २०७१ सालमा सम्पन्न भएको नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित भए ।

वि.सं २०२७ असार ९ गते फिक्कल गाउँपालिका वडा नं ४ स्थित खाङ्साङ्गमा जन्मिएका गणेश कुमार पहाडीले प्रारम्भिक शिक्षा सुनकोशी माध्यमिक विद्यालयबाट शुरु गरेका पहाडीले पद्मोदय माविबाट एसएलसी पहिलो श्रेणीमा उतीर्ण गरेको बताउँछन् ।

त्यसैगरि नेपाल कमर्श क्याम्पस मिन भवनबाट स्नातक, ईन्जिनियरिङ अध्ययन संथानबाट डिप्लोमा र पाटन क्याम्पसबाट स्नातकोत्तर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्