प्रदर्शनकारीले संसदीय भवन नै जलाए



०२ भदौ २०७६, काठमाडौं

इन्डोनेसियाको पश्चिमी क्षेत्र पपुवामा भइरहेको आन्दोलनले हिंस्रक रुप लिएको छ।

आदिवासी पपुवान विद्यार्थीहरुमाथि प्रहरीले दमन भएको भन्दै आक्रोशित बनेका प्रदर्शनकारीले सार्वजनिक भौतिक पूर्वाधारमा आगो लगाउनुका साथै सडक समेत भत्काएका छन्।

पश्चिम पपुवा प्रान्तको राजधानी मनोक्वारीस्थित प्रदर्शनकारीले सरकारी भवन नै जलाएको समाचार संस्था अलजजीराले जनाएको छ।

पश्चिम पपुवा प्रान्तका पूर्व गभर्नर डोमिंगस मन्दाकान बस्ने भवन समेत प्रदर्शनकारीले जलाएका छन्।

घटनामा घाइते कति भए र समग्र क्षति कति भयो भन्नेबारे यकिन भइनसकेको प्रहरीको भनाइ छ।

घटनाको बारेमा थप छानबिन भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्