तेल ट्याङ्करमा आगलागि: कम्तीमा २० को मृत्यु



०२ भदौ २०७६, काठमाडौं

पश्चिम उगान्डामा आइतबार तेलको ट्याङ्करमा आगलागि हुदाँ कम्तीमा २० जनाको मृत्यु भएको छ।

उगान्डाको पश्चिम भागमा पर्ने जिल्ला रुबुरिजीमा तेलको टयाङ्करमा आगलागि भएको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था अनाडोलुले जनाएको छ।

उक्त ट्याङ्कर केन्याबाट पूरा ट्याङ्की तेलसहित कङ्गोतिर गइरहेको बताइएको छ।

चालकले नियन्त्रण गुमाएपछि रोकेर राखिएको एक सवारी साधनमा ट्याङ्कर ठोकिँदा आगलागि भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्