
०२ भदौ २०७६, काठमाडौं
प्रहरीको न्यायिक हिरासतमा रहेका न्यूज २४ टेलिभिजनका चर्चित प्रस्तोता रवि लामिछाने निर्दोष रहेको वरिष्ठ कलाकार किरण केसीले बताएका छन् । पत्रकार शालिकराम पुडासैनीको रहस्यमय निधनका सम्बन्धमा अनुसन्धानका लागि रवि लामिछानेसहित तीन जना बिहीबारदेखि चितवन प्रहरीको न्यायिक हिरासतमा छन् ।
रवि प्रहरी हिरासतमा पुगेसँगै उनी निर्दोष रहेको भन्दै विभिन्न क्षेत्रका मानिसहरुले बताइरहेका छन् भने चितवनमा रवि समर्थकहरुले नाराबाजी गरिरहेका छन् ।
यस्तै वरिष्ठ कलाकार केसीले शालिकरामको रहस्य निधनमा रविको संलग्नता रहनु पर्ने कुनै कारण नदेखिएको बताए । आफूले २५ वर्षदेखि रविलाई चिनेको भन्दै केसीले राष्ट्रभक्तका गीत सुन्ने र रुने गरेका रविले यस किसिमको अपराध नगर्ने दाबी गरे । शालिकरामको निधनका सम्बन्धमा बयान दिन आफू आवश्यक स्थानमा उभिन तयार रहेको रविले बताएको भन्दै कलाकार केसीले रवि निर्दोष रहेको जिकीर गरे ।





