
०२ भदौ २०७६, काठमाडौं
पछिल्लो समय पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछानेसहित तीन जना नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि दैनिक प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रभावकारी बनाउन चितवनमा सर्वदलीय सहमति जुटेको छ ।
दैनिकी प्रभावित हुन नदिन स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीको समेत उपस्थितिमा बसेको बैठकले शान्तिसुरक्षा प्रभावकारी बनाउने सहितका तीनवटा महत्वपूर्ण निर्णय जिल्ला प्रशासन कार्यालय चितवनले पारित गरेको होे ।
अहिले हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेलगायत अन्य दुई जनाको विषयमा छानविनमा सहयोग पुर्याउँन र जनताको दैनिक जीवनमा कुनैपनि किसिमको खलल पुग्ने कार्यबाट बन्चित हुन निर्णय गरेको भन्दै ईश्वर सिंखडाले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर मल्लले पनि निषेधित क्षेत्र घोषणा नगरिएको बताएका छन् । ‘त्यस्तो केही घोषणा गरिएको छैन । शान्ति सुरक्षा कायम गर्न प्रहरी तैनाथ छ’ ‘अहिले चितवन शान्त छ ’ भनेर एसपी मल्लले बताएका छन् । अहिले तीन जनामाथि जिल्ला प्रहरी कार्यालय चितवनले साउन ३१ गते अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।





