नारायणगढको लायन्स भवनमा भिषण आगलागी



०२ भदौ २०७६, काठमाडौँ

चितवनको नारायणगढस्थित लायन्सचोकमा रहेको लायन्स भवनमा हिजो (आइतबार) राती आगलागी भएको छ ।

आगलागीबाट भवनको भुइ तलामा रहेको गुगल मोबाइल पसलका अधिकांश सामान जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी नै छ । भवनको माथिल्लो तलमा भने कुनै क्षति भएको छैन ।

तार सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय नारायणगढले जानकारी दिएका छन् । भरतपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्