हिरासतमै भेट्न पुगेको पत्रकारको टोलीलाई रविले यस्तो भने…



०२ भदौ २०७६, काठमाडौँ

पत्रकार शालिकराम पुडासैनीले रेकर्ड गरेको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी रवी लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई काठमाडौँबाट पक्राउ गरेको थियो ।

पत्रकार पुडासैनीको रहस्यमय मृत्युपछि आत्महत्या दुरुत्साहन अभियोगमा प्रहरीले लामिछाने र कँडेलसहित नर्स अस्मिता कार्कीलाई पक्राउ गरी हिरासतमा राखेको छ ।

पत्रकारहरुको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनमा हिरासतमा रहेका रवि लामिछाने र युवराज कँडेलसँग भेट गरेको थियो। नेपाल पत्रकार महासंघ र प्रेस संगठन नेपालको टोलीले हिरासतमै पुगेर लामिछानेसँग भेट गरेको हो ।

भेट्न पुगेका पत्रकारहरुसँग लामिछानेले आफ्ना पूर्व सहकर्मी पुडासैनीको आत्महत्याले निकै मर्माहत भएको बेला आफैंलाई दोषी करार गर्न खोजिएको भन्दै दुःख व्यक्त गरे । उनले निष्पक्ष छानबिनमा सघाउने बताउँदै भने – ‘तर, नियतवस फसाउने काम कतैबाट नहोस् ।’ लामिछानेसँगै पक्राउ परेका पत्रकार कँडेलले पनि आफूहरु निर्दोष भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्