नेकपाले टुंगो लगायो पार्टी र जनवर्गीय संगठनको इन्चार्ज र अध्यक्ष (सूचि सहित)



०१ भदौ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जनवर्गीय संगठनको इन्चार्ज र सह–इन्चार्ज, अध्यक्ष, सचिवको जिम्मेवारी टुंग्याएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले बाँकी २२ वटा सांगठनिक एकताका कामलाई पूर्णता दिएको हो ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकले नै केन्द्रीय सम्पर्क समन्वय कमिटी गठन गरेको छ । उपत्यका विशेष कमिटीको इन्चार्जमा लिलामणी पोखरेल, सह–इन्चार्जमा भानुभक्त ढकाल र अरुण नेपाल, अध्यक्षमा राजन भट्टराई, सचिवमा लेखनाथ न्यौपानेलाई जिम्मेवारी दिइएको छ । युवा तथा विद्यार्थी विशेष कमिटीको इन्चार्ज माधव ढुंगेल, सह–इन्चार्ज कृष्ण केसी, अध्यक्ष रमेश मल्ल र सचिव सुनिता बराल भएका छन् ।

मजदुर विशेष जिल्ला कमिटीको इन्चार्ज विना श्रेष्ठ, सह–इन्चार्ज कुमार पौडेल, अध्यक्ष जगत सिंखडा र सचिव नरनाथ लुइँटेल तोकिएका छन् भने पेशागतको इन्चार्ज केशव नेपाल, सह–इन्चार्ज प्रमेख खनाल, अध्यक्ष प्रेम पराजुली छन् ।

उद्योगी व्यवसायी विशेष कमिटीमा इन्चार्ज पार्वत गुरुङ, सह–इन्चार्ज शशी श्रेष्ठ र सचिव चन्द्र रिजाल छन् भने केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज छविलाल विश्वकर्मा र सह–इन्चार्जमा डिलाराम आचार्य र झक्कु सुवेदी छन् ।

जनवर्गीय संगठनतर्फ ट्रेड युनियनको इन्चार्ज जयपुरी घर्ती र सह–इन्चार्ज विनोद श्रेष्ठ तथा  किसानको इन्चार्ज बामदेव गौतम र सह–इन्चार्ज सुनिल मानन्धर तोकिएका छन् ।

महिलाको इन्चार्जमा गोमा देवकोटा र सह–इन्चार्जमा कमला रोक्का तथा युवामा इन्चार्ज महेश बस्नेत र सह–इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखा छन् भने विद्यार्थीमा इन्चार्ज हितमान शाक्य र सह–इन्चार्ज विनोद ढकाल हुँदा वुद्धिजिवीको इन्चार्जमा अग्नि सापकोटा र सह–इन्चार्जमा टंक कार्की छन् । पेशागत महासंघको इन्चार्जमा पम्फा भुसाल र सह–इन्चार्जमा विश्वनाथ प्याकुरेल तोकिएका छन् ।

पार्टी सचिवालय बैठकले सातै प्रदेशको सम्पर्क कमिटिको इन्चार्ज, सहइन्चार्ज,अध्यक्ष र सचिब तोकेको छ । जस अनुसार प्रदेश नम्बर १ को सम्पर्क कमिटीमा इन्चार्ज किशोर अधिकारी, सहइन्चार्ज हेमकुमार राई, अध्यक्ष इन्द्र भण्डारी, सचिव धुव्रकुमार आङदम्बे तोकिएका छन्।

प्रदेश नम्बर २ मा इन्चार्ज अच्युत मैनाली, सहइन्चार्ज भरत शाह, अध्यक्ष सुनीता यादव, सचिव विल्टु यादव तोकिएका छन्।

प्रदेश नम्बर ३ मा इन्चार्ज गणेश पहाडी, सह इन्चार्ज युवराज दुलाल, अध्यक्ष कमला दुङ र सचिव श्याम बस्नेत तोकिएका छन्।

गण्डकी सम्पर्क कमिटीको इन्चार्जमा दिलु पन्त, सह इन्चार्ज चुडामणी खड्का, अध्यक्ष तारा कुमाल र सचिवमा विष्णु सिग्देलले जिम्मेवारी पाएका छन्।

प्रदेश नम्बर ५ सम्पर्क कमिटीमा इन्चार्ज मानबहादुर बुढा, सहइन्चार्ज गौराप्रसाद कोइराला, अध्यक्ष थानेश्वर बस्याल र सचिव सुनीता रोकाया तोकिएका छन्।

कर्णाली प्रदेश सम्पर्क कमिटीमा इन्चार्ज झकबहादुर मल्ल, सहइन्चार्ज गोविन्दविक्रम शाह, अध्यक्ष पूर्णबहादुर मल्ल र सचिव चित्रबहादुर घर्तीमगर तोकिएका छन्।

सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीमा इन्चार्ज गौरीशंकर चौधरी, सहइन्चार्ज महेश्वर पाठक, अध्यक्ष शिव ठकुल्ला र सचिव हेमन्त जोशी तोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्