
०१ भदौ २०७६, काठमाडौं
पत्रकार सालिकग्राम पुडासैनीले आफुले देह त्याग गर्नु अघि नाम लिएका कारण अहिले चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जना अहिले प्रहरी हिरासतमा छन् । उनले देहत्याग गर्नु अघि त्यसको जिम्मेवार यिनीहरु हुन् भन्दै रवि लगायत तीन जनाको नाम लिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएका छन् । वास्तवमा सो भिडियोमा रहेको विषयबस्तुलाई लिएर मनोविदको धारणा अहिले आएको छ ।
मनोविद् रमा कार्कीले पनि पत्रकार सालिकग्राम पुडासैनीको भिडियो आफुले हेरेको बताएकी छन् । कार्कीको समुहले पत्रकारमा हुने मनोवैज्ञानिक समस्याका बारेमा अध्ययन गर्न लागेको छ । उनले रवि र पुडासैनीको घटनालाई पनि पहिल्यै देखि हेरेको बताएकी छन् । उनले कानुनको कुरा आफुले भन्न नसक्ने भएपनि मनोविदको हिसावले हेर्दा घटनाको पछाडी डिप्रेशन कारण भएको बताएकी छन् ।
थप भिडियोमा हेर्नुहोस् :





