नवनियुक्त प्रहरी निरीक्षक केसीको उद्घोष : सामाजिक सुरक्षा र अपराध नियन्त्रणमा हमेशा तत्पर



३२ साउन २०७६, काठमाडौं

महानगरीय प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक सुरक्षा केसीले सामाजिक सुरक्षा र अपराध नियन्त्रण गर्न आफ्नो प्रभाग सदैव तयार रहेको बताएकी छन् ।

बूढानीलकण्ठ नगरपालिका १० स्थित बाल उद्धार माविको सभा हलमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, वुद्धिजिवी र युवाहरुको सहभागीतामा सम्पन्न छलफल तथा अन्तर्क्रियामा नवनियुक्त प्रभाग प्रमुख केसीले अपराधजन्य घटना, माधक पदार्थ न्युनिकरण तथा यौनजन्य हिंसालाई न्युनिकरण गर्न आफू र आफ्नो टीम तयार रहेको बताईन् ।

परिवर्तन खबरसँगको कुराकानीमा स्कूल कन्द्रित कार्यक्रम, अनावश्यक पार्किङ्ग नियन्त्रण, लागू औषध दुर्व्यसनी नियन्त्रण, घर भाडामा बसेर अनावश्यक हल्ला गर्ने जस्ता समस्या सहभागीले राखेको बताईन् । त्यसको लागि तत्काल प्रभागले जनचेतनामूलक कार्यक्रम केन्द्रित गर्ने, घरभाडामा बस्दा परिचय पत्र राख्ने, अभिभावकको मोबाईल नम्बर समेत लिन घरधनीलाई अनुरोध गर्ने बताईन् । यसैगरी मादकपदार्थ बिक्रि गर्ने होटल तथा रेष्टुरेण्ट राति नौ बजे र लिक्वेर पसल राती दश बजे भित्र बन्द गर्न गराउन अनुरोध गर्ने बताईन् ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं १०, ११ र १२ बाट स्थानीय सरकारमा निर्वाचित सदस्यहरु, तीनवटै वडामा बसोवास गर्ने अन्य समाजसेवी, व्यवसायी, वुद्धिजिवी र युवाहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्