‘नागरिक सुस्त भए भने सरकार पनि सुस्तै हुन्छ’



३२ साउन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का विदेश विभाग प्रमुख माधव कुमार नेपालले देश विकासका निम्ति सबै नागरिक एकजुट हुनुपर्ने बताएका छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख नेपालले देशको विकासको लागि सबै एक हुनुपर्ने बताएका हुन्। उनले नागरिक सुस्त भए भने सरकार पनि सुस्त नै हुने भन्दै स्वयं नागरिक नै सक्रिय हुनुपर्ने बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सरकारले गरेका कतिपय काम लामो अनुसन्धान र तयारीबिना आएको भन्दै चिन्ता पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्