केन्द्रीय सदस्यको कार्य विभाजनको एजेन्डासहित नेकपाको सचिवालय बैठक आइतबार



३२ साउन २०७६, काठमाडौं

एकताको बाँकी काम पूरा गर्न नेकपाको सचिवालय बैठक आइतबार बालुवाटारमा बस्ने भएको छ।

शनिबार(आज)बस्ने भनिएको बैकठ तयारी नपुगेपछि स्थगित गरिएको नेकपा श्रोतले जनाएको छ।

एकताको बाँकी काम पूरा गर्नका लागि थप छलफल आवश्यक रहेकाले आजको बैठक सारिएको महासचित विष्णु पौडेलले बताए।

यसअघि शुक्रबार बसेको सचिवालय बैठकले विभागको जिम्मेवारी बाँडफाँट टुंग्याएको छ। आइतबार बस्ने बैठकले नेकपाको केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, जनवर्गीय सङ्गठनका इञ्चार्ज र सहइञ्चार्ज निर्धारण गर्ने बताइएको छ।

एकता हुन बाँकी रहेका सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठन, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठन लगायतका छन्।

अहिलेसम्म सचिवालय, स्थायी कमिटी, प्रदेश कमिटी, प्रदेश इञ्चार्ज, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज, जनसङ्गठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीको टुङ्गो लागेको छ।

प्रतिक्रिया दिनुहोस्