जम्मू–कश्मीरमा टेलिफोन/इन्टरनेट सेवा सुचारु



३२ साउन २०७६, काठमाडौं

भारत प्रशासित जम्मू–कश्मीरमा आंशिक रुपमा टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भएको छ।

अहिलेसम्म १७ वटा टेलिफोन एक्सचेन्ज सुरु भएका छन्। बाँकी सबै टेलिफोन लाईन आइतबारबाट सुचारु गरिने बीबीसीले जनाएको छ।

अगस्ट ५ यता भारत प्रशासित कश्मीरमा टेलिफोन सेवा बन्द रहँदै आएको थियो।

केन्द्र शासित प्रदेशमा उक्त क्षेत्रलाई विभाजन गर्ने निर्णयसँगै मोबाइल र ल्यान्डलाईन सहित सबै सञ्चार सेवाहरू स्थगित गरिएको थियो।

सम्बन्धीत समाचारः

जम्मू–कश्मीरको विशेषाधिकार खारेज

 

जम्मू–कश्मीर घटनाले के महत्व राख्छ?

 

‘जम्मू–कश्मीर विवादः राष्ट्रसंघले डाक्यो आकस्मिक बैठक, सर्वोच्चमा सुनुवाइ आजै

 

प्रतिक्रिया दिनुहोस्