‘पार्टी एकता नगरेकै भए राम्रो हुन्थ्यो जस्तो लाग्न थाल्यो’(भिडियो)



३२ साउन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन्।

शनिबार राजधानीमा राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशिल चिकित्सक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेकै भए ठिक हुन्थ्यो जस्तो लाग्न थालेको बताएका हुन्।

नेकपाको सचिवालय बैठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको उल्लेख गरे।

कम्युनिष्ट पार्टीका लागि अवसर र चूनौती दुवै भएको उल्लेख गर्दै उनले अहिले केही गर्न नसके इतिहासले धिक्कार्ने भन्दै सजग बन्न आग्रहसमेत गरे।

अध्यक्ष दाहालले यस्तो अवसर सधै नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्