उपत्यका स्तरीय तीज नृत्य प्रतियोगितामा फेरिल्याण्डलाई सान्त्वना



३१ साउन २०७६, काठमाडौं

बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ फैकास्थित त्रिज्योती माविद्वारा आयोजित उपत्यका स्तरीय तीज नृत्य प्रतियोगितामा बूनपा १० बालुवाखानीमा रहेको फेरिल्याण्डले सान्त्वना पुरस्कार हासिल गरेको छ ।

सान्त्वना पुरस्कार विजेता फेरिल्याण्डका विद्यार्थीहरुलाई स्कूलका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले समेत बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए ।

उपत्यकाका २४ वटा विद्यालयलहरुले सहभागिता जनाएको नृत्य प्रतियोगितामा हिमरश्मी मावि मनमैजु प्रथम, अवार्नेस इन्टरनेशनल स्कूल (एआईए) शंखमूल दोस्रो तथा गोल्डन पिक हाइ स्कूल सरस्वतीनगर चाबहिल तेस्रो भएका छन्

प्रतिक्रिया दिनुहोस्