रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न



३१ साउन २०७६, काठमाडौं

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले साधारण सभाको अध्यक्षता ग्रहण गरीे आ.व.२०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । कम्पनीका अन्य संचालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी तथा सुन्दर प्रसाद कडेल सहभागी थिए ।

सभाले सञ्चालक समितिको आ.व. २०७४/७५ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारणका लागि शेयर (IPO) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

सिद्धार्थ बैँक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड “कम्पनी”ले मिति २०७४।०८।०१ गतेदेखि विधिवत्् रुपमा जीवन बीमा व्यवसाय संचालन गर्दै हाल ८८ वटा शाखा/उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ । कम्पनीको अधिकृत पूँजी रु. ३ अर्ब र जारी पुँजी रु. २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम रु. ६३ करोड बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्