त्रि-ज्योति माविको चौथो अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न



३१ साउन २०७६, काठमाडौं

‘त्रि-ज्योति माविको चौथो उपत्यकाव्यापी अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता २०७६’ भव्यताकासाथ सम्पन्न भएको छ ।

त्रि–ज्योति माविले बालबालिकाको प्रतिभाको खोजी गर्ने उद्देश्यले चौथो अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता २०७६ बूढानीलकण्ठ नगरपालिका उपप्रमुख रमादेवी राईद्वारा उद्घाटन भएको छ ।

तीज नृत्य प्रतियोगितामा सम्बोदन गर्दै बूढानीलकण्ठ नगरपालिका उपप्रमुख रमादेवी राईले आफ्नो नगरभित्र रहेका विद्यालयमा यस्ता किसिमका संकृति जोगाउने कार्यक्रम गर्दा खुशी व्यक्त गरिन् ।

त्रि–ज्योतिले हुने खानेलाई मात्र नभएर हुँदा खानेका छोराछोरीले पनि पढ्न सक्ने शुल्क राख्न विद्यालय व्यवस्थापनलाई आग्रह गरिन् ।

उनले कितावी ज्ञानमात्र नभएर नगर, वडा र विभिन्न ठाउँमा भिजिट गराउने कार्यक्रम राख्नु पर्ने र उक्त कुरामा त्रि–ज्योति मावि अव्वल रहेको मैले महसुस गरेको छु उनले भनिन्, विद्यार्थीसँग मेरो १ दिन कार्यक्रमका सिलशिलामा त्रि–ज्योति माविका विद्यार्थीहरुलाई पाउँदा अत्यन्त जिज्ञासु र अनुशासित भएको पाएँ ।

त्यसैगरि वडा नं १२ का वडा सदस्य पुरुषोतम नेपालले त्रि–ज्योति माविले वडा भित्र रहेका विद्यालय मध्ये छुट्टै किसिमको शिक्षा दिएको बताए । त्रि–ज्योतिले पढाईमा मात्र नभएर विभिन्न सँस्कृति र परम्परा झल्कने खालका विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

सहभागी विद्यालयमध्येबाट उपत्यकाव्यापी अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमशः हिमरश्मी स्कूल, एआईए स्कूल, गोल्डेनपिक स्कूलले हात पारे भने चौथो नेरिक स्कूल र सान्त्वना फेरिल्याण्ड स्कूलले हात पारे ।

आयोजक विद्यालयले शिल्ड, प्रमाणपत्र र मेडलद्वारा विजयी हुँने विद्यालय र विद्यार्थीहरुलाई सम्मान गरि चौथो अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको थियो ।

चौथो अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगितामा स्वागत मन्तव्य विद्यालयका सहायक प्राचार्य–गणेशकुमार मिश्रले गरेका थिए । शैक्षिक सफलता प्राप्तिका लागि पठनपाठनका अतिरिक्त साँस्कृतिक महत्व झल्कने गतिविधि प्रति त्रि–ज्योति सचेत रहेको कुरा उल्लेख गर्दै आउँदा दिनमा विद्यालयले बालबालिका, समाज र राष्ट्रको हित र प्रगतिका निम्ती पारदर्शी ढंगले कार्य गर्ने धारण व्यक्त गरेका थिए । साथै यस कार्यक्रमलाई सफल पार्नमा अहोरात्र योगदान गर्ने सबै प्रति धन्यवाद राख्दै उपस्थित सबैलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्