मुलकको पहिचान नै संस्कृति र सभ्यता हो : डा. राजन भट्टराई



३१ साउन २०७६, काठमाडौं

हिमवाला महिला समूह कामपा ७ द्वारा आयोजित तीज कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईले मुलुकको पहिचान नै संस्कृति र सभ्यता हो भन्दै यसको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा भट्टराईले चाडहरु भड्किलो हुँदै जादा मौलिकता हराउने बताउँदै स्वस्थ, सभ्य र मर्यादित रुपमा तीज लगायतका चाडहरु मनाउनुपर्नेमा जोड दिएका छन् ।

काठमाडौं महानगरपलिका वडा नं ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोलले तीजलाई महिला जागरण अभियानको रुपमा अगाडि बढाउनुपर्ने बताए । विगतका दिनमा तीजको नाममा समाजलाई नै असर गर्ने विभिन्न समस्याहरु देखा परेका छन् तिनलाई समाधान गर्नतर्फ अगुवा महिलाहरु नै लाग्न आग्रह गरे ।

काठमाडौं महानगरपलिका वडा नं ७ का महिला सदस्य निर्मला पुडासैनीले मन्तव्य राख्दै तीज विशेष मनाईने कार्यक्रम धर्म सँस्कृति अनुसार मनाउन आग्रह गर्दै वडावासीलाई भड्किलो ढंगले मनाउन नहुने बताईन् ।

उपस्थित महिलाहरुलाई वडासदस्य पुडासैनीले निराहार व्रत बस्ने परम्परालाई तोड्दै अब हामीले व्रत बस्ता खानमिल्ने पानी, फलफुल र विभिन्न किसिमका कुरा खाएर बस्न आग्रह
गरिन् ।

मेनुका सापकोटाको अध्यक्षता रहेको कार्यक्रम मिनु पोखरेलले संचालन गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्