गोप्य एसएमएस सार्वजनिक गरेको भन्दै, दीपक र ज्वालालाई कारवाही गर्न अस्मिताको माग



३१ साउन २०७६, शुक्रबार

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएकी अस्मिता कार्कीले आफ्नो पर्सनल एसएमएस सार्वजनिक गर्नेलाई कारवाहीको माग गरेकी छिन । उनले आफ्ना पर्सनल एसएमएस सार्वजनिक भएकोमा आपत्ति प्रकट गरेकी छिन्।

उनको पर्सनल एसएमएस सार्वजनिक गर्ने दीपक बोहरा र ज्वाला संग्रौलालाई कारवाहीको माग समेत उनले गरेकी छिन । उनले एसएमएस सार्वजनिक गर्नेविरुद्ध साइबर क्राइममा मुद्दा दायर गर्ने जनाएकी छिन् ।

चितवन प्रहरीले नियन्त्रण लिनुपूर्व अस्मिताले आफ्ना पर्सनल एसएमएस सिधा कुरा जनतासँग कार्यक्रमका प्रोड्युशर दीपक बोहरा र एक युवती ज्वाला संग्रौलाले गोप्य हुनुपर्ने एसएमएसहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको बताएकी हुन ।

शालिकरामले पहिले पहिले पठाएका एसएमएसलाई सार्वजनिक गरी आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै उनले यसबारे कानुनी उपचार खोज्ने जनाएकी छिन ।

प्रतिक्रिया दिनुहोस्