नेकपाले टुंग्यायो कार्यविभाजनः स्कुल विभागमा पोखरेल



३१ साउन २०७६, काठमाडौं

शुक्रबार बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले विभिन्न केन्द्रीय विभागहरुको नेतृत्व टुंगो लगाएको छ।

मुख्य विवाद देखिएको स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको छ। यसबाहेक प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ, संगठन विभाग प्रमुख बामदेव गौतम, नीति विभाग प्रमुख झलनाथ खनाल तथा विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपाललाई दिइएको छ।

नेकपाको विभिन्न केन्द्रीय विभागको प्रमुख तथा उपप्रमुखको जिम्मेवारी टुंगो लगाउन बिहीबार नै बैठक बोलाइएको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण बैठक स्थगित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्