प्रेम सम्बन्धपछिको विवाहले लियो यस्तो डरलाग्दो रुप



३१ साउन २०७६, काठमाडौँ

काठमाडौँको जोरपाटीमा डेरा गरि बस्ने २५ वर्षकी शिला घलेले आफ्नै २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको चक्कु प्रहार गरि हत्या गरेकी छिन् ।

गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी काट्ने चक्कुले छातीमा प्रहार गर्दा ज्यान गएको हो ।

प्रेम सम्बन्धपछि एक अर्काको सहमतीमा उनिहरुले विवाह गरेका थिए । छिमेकीका अनुसार सधै घर झगडा भइरहने र शिलालाई धेरै रिस नगर्न आग्रह गर्दै आएको बताए ।

घटना घट्ने दिन पनि शिला र जालमानको झगडा भएको र दुई मुक्का जालमानले हानेपछि शिलाले जवाफमा चक्कु प्रहार गरेको छिमेकी बताउँछन् ।

चक्कु प्र’हारबाट शक्त घाइते भएका जालमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । त्यसपछि श्रीमती शिलालाई प्रहरीले पक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्