
३१ साउन २०७६, शुक्रबार
पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी रवी लामिछाने, न्यूज २४ का पत्रकार युवराज कँडेल र ओखलढुंगाकी रुकू भन्ने अस्मिता कार्कीलाई हिजो साँझ काठमाडौँबाट पक्राउ गरेको थियो । उनीहरु तीनै जनालाई म्याद थपका लागि चितवन जिल्ला अदालत लैजाने तयारी गरिएको छ ।
रविलाई भेट्न उनकी श्रीमती निकिता पौडेलसहित परिवारका अन्य सदस्य तथा नेपाल बार एशोसिएसनका पूर्व महासचिव सुनीलकुमार पोखरेलको नेतृत्वमा कानुन व्यवसायीहरु चितवन पुगेका छन ।
स्वर्गीय पत्रकार पुडासैनीको मृत्युको विषयमा गरेको अनुसन्धानबारे चितवन प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले पक्राउ परेका तीनै जनालाई अदालतबाट म्याद थप गरि ल्याएपछि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने बताएका छन् ।





