रवि लामिछाने पक्राउ परेपछि निकिता पौडेलले लेखिन् यस्तो भावुक स्टाटस



३१ साउन २०७६, काडमाडौं

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने श्रीमती निकिता पौडेलले शुक्रबार आफनो फेसबुकमा रबि लामिछाने तर्फबाट भन्दै स्टाटस राखेकी छिन् ।

उनले लेखेकी छिन :  आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु । मर्नेले लगाएको एउटा मात्र आरोप प्रमाणित होस र हदै सम्मको सजाय होस । यो घटनाको अनुसन्धानमा सघाउँनका लागि नेपाल प्रहरीलाई मेरो शत प्रतिशत सहयोग रहने छ ।

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साथीहरुलाई केही समय धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछु रवि लामिछाने । निकिताले रविको श्रीमति हुन पाएकोमा गर्व लागेको पनि लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्