रवि लामिछानेको रिहाइको माग गर्दै, चितवन प्रहरी कार्यलयमा आम समर्थकद्धारा प्रर्दशन



३१ साउन २०७६, काठमाडौं

प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेका छन् । उनिहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन । बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन् ।

लामिछानेसंगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी चितवन लगेका थिए । कडा सुरक्षाका विच उनिहरुलाई मध्यरात १ बजे चितवन लगेका हुन । उनिहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । प्रहरी हिरासतमा उनिहरुलाई कार्यालयमा उपलब्ध स्रोत साधन दिएर राखेको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिएका छन् । आजै जिल्ला अदालतबाट म्याद थप गरी ल्याएपछि अनुसन्धान सुरु गरिने उहाँले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्