हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाको १० औं स्थापना दिवस सम्पन्न



३० साउन २०७६, काठमाडौं

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि. तीनकुने, काठमाडौंको १० औं वार्षिक स्थापना दिवस सम्पन्न भएको छ ।

स्थापना दिवसको अवसरमा तीनकुने, काठमाडौंमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष वासुदेव घिमिरेको सभाध्यक्षमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथिको रुपमा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेक चौलागाई रहेका थिए ।

संस्था स्थापना भएको १० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा संस्थाका प्रबन्ध संचालकले संस्थाको विगत, बर्तमान र भविष्यका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रबन्ध संचालक थापाले १० वर्षमा संस्थाले सदस्य विस्तार, पूँजी संकलन तथा परिचालन, कुल सम्पतिमा बृद्धि जस्ता विषयमा तुलनात्मक प्रतिवदेन प्रस्तुत गर्दै संस्थाले सहकारी सिद्धान्त तथा मूल्य मान्यतामा आधारित भएर सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासमा उल्लेखनीय कार्यगर्दै अघि बढेको र संस्थाले जुनार खरिद तथा प्रशोधन तथा बजारीकरण समेतको कार्य गर्दै आएकोमा यस वर्ष देखी कृषि पर्यटन क्षेत्रमा समेत लगानी गर्दै सदस्यहरुको आर्थिक उन्नतीमा योगदान पुर्याउने लक्ष्य रहेको प्रबन्ध संचालक थापाले जानकारी गराए ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ कार्य गर्ने सदस्यहरु, कर्मचारीहरु, एसईईमा उत्तिर्ण हुने विद्यार्थीहरुलाई पुरस्कृत गर्दै संस्थाका जेष्ठ सदस्य प्रा.डा. लोक विक्रम थापा र सहकारी र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याए बापतको हिलटप तारा सम्मान किरण थापालाई दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्