
३० साउन २०७६, काठमाडौं
नेपाली कथानक चलचित्र ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ । यो चलचित्रको बिहिबार बिहान काठमाडौंको भद्रकालीमा जनै पूर्णिमाको शुभ साईतमा मुहुर्त गरिएको छ । मुहुर्तसँगै बिहिबारबाटै यो फिल्मको छायाँकन सुरु गरिएको छ ।
चलचित्रमा नविन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझी रहेका छन् ।

धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र रिजन अफ रियालाई मिलन आले मगरले निर्देशन गर्दैछन् । काठमाडौंबाट यो चलचित्रको छायाँकन सुरु भएको छ । काठमाडौंपछि मुस्ताङका विभिन्न सुन्दर स्थानमा छायाँकन गरिने यसका निर्देशक मिलनले जानकारी गराए ।
चलचित्रको निर्मातामा उमेश गिरी, समीर श्रेष्ठ, सह–निर्मातामा कुमार जँग कार्की रहेका छन् । चलचित्रमा देव महर्जनको द्वन्द निर्देशन, यम आलेको छायाँकन, करणसिंह बोहराको कथा, विकाश चौधरीको संगीत रहेको छ ।





