डा. राजन भट्टराईको डाईनामिक वेबसाईट लन्च



३० साउन २०७६, काठमाडौं

नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको व्यक्तिगत वेबसाईट ब्लु डब्लु डब्लु डट डाराजन भट्टराई डट कम डट एनपी लन्च भएको छ ।

डा.भट्टराईको वेबसाईटको ब्यानरमा डा. भट्टराईको विचार सहितका तीन फोटाहरु राखिएका छन् भने संक्षिप्त परिचय, विभिन्न पत्रपत्रिका र टेलिभिजनमा प्रकाशित/प्रसारित अन्तर्वर्ताहरु, दैनिक समाचार गतिविधिहरु र विभिन्न कार्यक्रममा सहभागी भएका फोटाहरुको ग्यालरी समेत रहेको छ । उनको वेबसाईईडमा व्यक्तिगत फेसबुक पेज र ट्वीटर समेत जोडिएको छ ।

विभिन्न संचार माध्यममा प्रकाशित वा प्रसारित समाचार, विचार वा फिचरहरु नियमित रुपमा उनको व्यक्तिगत फेसबुक पेज र वेबसाईट मार्फत शेयर गर्ने व्यवस्था समेत गरिएको छ ।

उनको वेबसाईटको सबैभन्दा महत्वपूर्ण पाटो भनेको सुझाव तथा प्रतिक्रिया सेक्सन हो । उक्त सेक्सनमा प्राप्त सुझाव तथा प्रतिक्रिया डा. भट्टराई आफैँले  साप्ताहिक रुपमा सम्बोधन गर्ने बताईएको छ ।

संचार व्यवस्थापनमा कमजोर मानिएका डा. भट्टराईको संचार व्यवस्थापन कदमलाई नेकपाका कार्यकर्ताहरुले अति नै उत्साहका साथ हेरिरहेको नेकपाका स्थानीय कार्यकर्ताले परिवर्तन खबरलाई बताएका छन् ।

एक दशक भन्दा लामो समयदेखि वेब डिजाईनिङ्ग, ग्राफिक डिजाईनिङ्ग र विज्ञापन एजेन्सीको काम गरिरहेको आबृति मिडियाले निर्माण गरेको डा. भट्टराईको वेबसाईट डाईनामिक छ । परिवर्तन खबरसँग कुरा गर्दै आबृति मिडियाका प्रबन्ध निर्देशक केशव गुरुङ्गले डा. राजन भट्टराईको व्यक्तिगत वेबसाईट बनाउन पाउनु कम्पनीको लागि गर्वको विषय रहेको बताए ।

भर्खर लन्च भएको डा. राजन भट्टराईको वेबसाई लिंक :

www.drrajanbhattarai.com.np

प्रतिक्रिया दिनुहोस्