त्रि–ज्योति माविले चौथो अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता गर्दै



३० साउन २०७६, काठमाडौं

त्रि–ज्योति माविले बालबालिकाको प्रतिभाको खोजी गर्ने उद्देश्यले चौथो अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता २०७६ आयोजना गर्ने भएको छ ।

उपत्यकाव्यापी नृत्य प्रतियोगितामा २४ वटा विद्यालयले सहभागिता जनाउने विद्यालयका सहायक प्राचार्य गणेशकुमार मिश्रले जानकारी गराएका छन् ।

कार्यक्रममा उद्घाटन सत्रको आरम्भ बूढानीलकण्ठ नगरपालिका उपप्रमुख रमादेवी राईले गर्ने छन् भने समापन कार्यक्रममा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दुर शाक्यले गर्ने आयोजकले बताएको छ ।

चौथो अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्