जनैपूर्णिमाका दिन वडाध्यक्षलाई मोसो र चप्पलको माला उपहार



३० साउन २०७६, काठमाडौँ

म्यादीको बेनी नगरपालिका-२ का वडाध्यक्षलाई आज जनैपूर्णिमाका दिन कालोमोसो दलिएको छ ।

आज बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको छ ।

मोसो लगाउने समूहको पहिचान भएको छैन पहिचान नभए पनी नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिएका छन् ।

वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितता गरेको बताउँदै आइरहेको थियो । जिल्ला अधिकारी भन्छन्  ‘वडा कार्यालय विप्लव समूह सम्बद्ध व्यक्तिहरूको संलग्नता हो कि भन्ने छ । मोसो लगाउने समूहको खोजी कार्य भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्