अर्जुन क्षेत्रीले रवि लामिछानेलाई दिए यस्तो चेतावनी, अबको ४० दिन जिन्दगीकै नराम्रो समय बन्ने



३० साउन २०७६, काठमाडौँ

केहि समय अगाडि देशमा ठुला प्रलयहरु आउने भविष्यवाणी गरि सर्वसाधारणमाझ आतंक फैलाएको भन्दै जेल परेका अर्जुन क्षेत्री धेरै समय देखि मिडियामा देखिनै छाडेका थिए ।

उनी जेल परेर छुटेपनि अरुको भविष्यवानी गर्न भने अझै छोडेका छैनन् । उनी दिनहुँ जसो फेसबुक लाईभमार्फत अरुको भविष्य हेरिरहेका हुन्छन् । यहिबीचमा आज उनले पत्रकार रवी लामिछानेकोसमेत भविष्यवानी गरेका छन् ।

उनले पत्रकार रवीलाई आजका दिनदेखी ४० दिनसम्म ठूलो संकट पर्ने भन्दै स्टाटर लेखेका छन् । स्टाटसमा अर्जुनले रवीलाई भेट् चाहे पनि भेट्न असमर्थ भएका कारण यो सबै स्टाटस मार्फत नै सबै जानकारी दिन लागेको उल्लेख गरेका छन् ।

अर्जुनको पूरा स्टाटस
आदरणीय रबि दाजु नमस्ते, गल्ती भए माफी पाउ, भेट्ने प्रयास धेरै गरे भेट्न सकिन, म्यासेज गरेर उत्तर आएन, स्टम मा कल गर्दा मिल्दैन भन्ने कुरो आयो ,तेसैले आफ्नो फेसबुक बाट पोस्ट गरेर हजुरसम्म पुराउने प्रयास गरेको छु ! दाजु आजदेखी ४० दिन तपाइको लागि जिन्दगीकै नराम्रो समय बन्ने छ होशियार भएर अगाडी बढ्नु होला हजुर भगवान प्रती शस्त्र र शक्ति प्रतीको बिश्बास गर्नु हुन्छ या गर्नु हुन्न त्यो त म भन्न सक्दिन तर दाजु हजुरको मैले face reading गर्दै जानेक्रम देखाएको कुरा लेख्दै छु !

साचै भन्नू पर्दा बुध निज बृहस्पति उच्च र केतुकारक अबस्थामा छ हजुरको यथार्थ ठुलै सङकट , ब्रजपात , चुनौटि को समय छ हजुरको हरेक कुरा बिचार गरेर अगाडी बढनु पर्ने समय छ !

हजुरको लागि आजको दिन बाट ११.५८ मिनेट बाट हजुरको समय एकदमै नराम्रो चल्दैछ ! आजको दिन देखि ४० दिन तपाईंको खतरा छ अर्थात असोज ४ गते सम्म खतराको समय रहने छ, तपाइको लागि यो ४० दिनको समय भनेको जिन्दगीकै नराम्रो समयको रुपमा रहने छ , एकदम हिशियार साथ अगाडि बढ्नु होला !

शत्रुहरु सक्रिय हुने , बिरोधिको सङ्ख्या बढ्ने , कुनै पुरानो गल्ती या त्रुटिलाइ ठुलो बिबाद बनाउने , बिबादमा आउने, वैवाहिक जिबनमा समस्या आउन सक्ने ,हत्यको प्रयास हन सक्ने , ठूलो झुठो आरोप सहनु पर्ने , सन्तान प्राप्तीको कुराहरु उठ्न सक्ने , ठुलै चुनौटि हुने ! पेट र ठाउको मा समस्या आउने लामो समय बिरामी पर्न सक्ने , यो बिच वैदेशिक भम्रण हुने र आर्थिक पाटोमा ठूलो समस्या आउने योग छ र न्यायलय सम्म पुग्ने मुद्दा मामिला पर्न सक्ने जेलनेलका कुराहरु उठ्ने जस्तो योग हरु देखिन्छ होशियार भएर अगाडि बढनु होला !

मैले आफ्नो क्षमता ,अध्ययन र अनुसंधानले बताएको कुरा भनेको हु ! हजुरको लागि राम्रो होस भनेर यो कुरा लेख्दै छु, केही हद सम्म भएनी बिचार गर्दिनु होला ! गलती भए क्षमा पाउ धन्यवाद !

प्रतिक्रिया दिनुहोस्