कतारमा श्रीमानको मृत्यु भएपछि ५ महिनाकी गर्भवती श्रीमतीले गरिन् आत्महत्या



२९ साउन २०७६, काडमाडौं

कतारमा समुद्रमा डुबेर एक जना नेपाली युवाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा सामुद्रिक छालले बगाएर धनकुटाका ललित लिम्बुको मृत्यु भएको हो । उनको मृत्युपछि घरपरिवारमा बिक्षिप्त भएका छन् । यदि मात्र कहाँ होर युवकको मृत्युपछि उनको पत्नीले पनि आत्महत्या गरेकी छिन् ।

ललितको मृत्यु भएको खबर पाएपछि मर्माहत भएकी उनकी पत्नी टीका लिम्बूले पनि त्यसको भोलिपल्ट सोमबार झुण्डिएर आत्महत्या गरेको धनकुटा समाज कतारका महासचिव रविन थापामगरले जानकारी दिएका छन् । थापामगरका अनुसार ललित समाजका पूर्व अध्यक्ष र अहिलेका प्रमुख सल्लाहकार थिए ।

महासचिव थापामगरले दिएको जानकारीअनुसार तलित र टीका दुवै कतारमै थिए । टीका एक महिनाअघि मात्र नेपाल आएकी थिइन् र ललित पनि नेपाल फर्कने तयारीमा थिए । तर, अचानक ललितको मृत्यु भएपछि आहत भएकी पत्नी टीकाले पनि आत्महत्याको बाटो रोजेकी हुन । टीका ५ महिनाकी गर्भवती भएको समेत महासचिव थापामगरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्