
२९ साउन २०७६, काडमाडौं
अहिले बजारमा बिभिन्न किसिमका यौन खेलौनाको बिग-बिग भैरहेको छ । त्यसै क्रममा ५० बर्षीय एक पुरुषले श्रीमतीजस्तै देखिने यौन खेलौना निर्माण गर्ने कम्पनीमा यौन खेलौना बनाउन आग्रह गरेका छन् ।
३५ बर्ष सँगै बिताएकी श्रीमतीले चटक्क छाडेर गएपछि विक्षिप्त भएकोले श्रीमतीको पीडा भुलाउनको लागि उनले आफ्नी श्रीमती जस्तै देखिने यौन खेलौना निर्माण गर्न आग्रह गरेका हुन् ।
उनले आफूसँग पूर्वश्रीमतीका प्रशस्त तस्बिर भएका कारण सोहीअनुसार खेलौना बनाउन अनुरोध गरेका छन् । शरीरका अंग जे–जस्तो भए पनि अनुहार र कपालचाहिँ मिल्नुपर्ने उनको आग्रह छ । आफूसँग प्रशस्त पैसा भए पनि कुनै युवतीसँग विवाह गरे उनले आफ्नो सम्पत्तिमा मात्र आँखा लगाउने हुनाले पनि उनले यौन खेलौनाको माग गरेको बताएका छन् ।
पूर्वश्रीमतीको प्रेम भुल्न नसकेका कारण तथा बाँकी समय पनि उनकै साथमा बिताएको अनुभूति गर्न आफूले यो प्रस्ताव राखेको ती पुरुषको तर्क छ । एजेन्सी…





