
२८ साउन २०७६, काठमाडौँ
अमेरिकी दुतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई मंगलबार बिहान भिसा दिएको थिएन । लगत्तै उनले आश्चर्यमा परेको भन्दै प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीलाई मेन्सन गरेर ट्वीट गरेका थिए ।
दूतावासले लामिछानेलाई बिहान साढे ११ बजेतिर भिसा सम्बन्धी निर्णय ‘रिभ्यू’ गर्नका लागि भन्दै पुनः बोलाएको थियो । ‘रिभ्यू’ पछि दूतावासले उनलाई भिसा दिएको छ ।
अमेरिकी भिसा पाएपछि सन्दीपले सामाजिक सञ्जाल ट्विटरमा कृतज्ञता व्यक्त गरेका छन् । उनले अमेरिकी दूतावाससहित सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
Finally all the issues has been sorted out. Thanks to @USEmbassyNepal for your kind cooperation. Big thanks to all the well wishers and concerned person for putting the valuable efforts. @USAmbNepal @PM_Nepal @PradeepgyawaliK @hello_sarkar @MofaNepal @CPL @BIMTridents
— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019





