सन्दीपले ट्वीट गरेपछि अमेरिकी दूतावासले तीन घण्टामै बाेलाएर दियो भिसा



२८ साउन २०७६, काठमाडौं

चर्चित नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासले भिसा अस्वीकार गरेको तीन घण्टामै भिसा प्रदान गरेको छ ।

मंगलबार बिहान सन्दीपलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेपछि उनले लगत्तै ट्वीट गर्दै यसमा अचम्म लागेको बताएका थिए । सन्दीपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र दूतावासलाई मेन्सन गर्दै ट्वीट गरेपछि लगत्तै ‘रिभ्यू’ गर्न भन्दै दूतावासले बोलाएर भिसा दिएको हो ।

प्रतिक्रिया दिनुहोस्