
२८ साउन २०७६, काठमाडौँ
सोमबार नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन जाँदा ५५ वर्षीया स्थानीय लालमाया तामाङको मृत्यु भएको छ ।
प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलका अनुसार सोही स्थानका मेघबहादुर तामाङ र उनको श्रीमती चिनीमायाँ तामाङबीच सोमबार विवाद भएको थियो ।
विवादपश्चात् चिनीमायाँ बच्चासहित लालमायाँको घरमा बास बस्न गएपछि उक्त घरमा नै श्रीमती फकाउन राति १० बजे पुगेका थिए ।
श्रीमान्–श्रीमतीको झगडा समाधान गराएर घर फर्काउन लाग्ने क्रममा लालमायाँ आफ्नै घरको आँगनमा लडेर बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल त्रिशूलीमा पुत्याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका हुन् । शवपरीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।





