
२८ साउन २०७६, काठमाडौं
बूढानीलकण्ठ नारायण स्थान व्यवस्थापन समितिको प्रस्तुतीमा चर्चित लोक गायिका तथा प्रतिनिधि सभा सदस्य कोमल वली र चन्द्रकान्त पौडेलको संयुक्त स्वरमा ‘हरिहरको स्वरुपमा भगवान नारायण’ बोलको गीति भजन सार्वजनिक भएको छ ।
भजनमा धार्मिक मूल्य र मान्यता बोकेको बूढानीलकण्ठ मन्दिरको बर्णन गरिएको छ । जसमा ‘पाप कटनी पाप कटनी, नारायणको नाम जपी पाप कटनी’ भनी भगवान विष्णुको महिमा दशाईएको छ ।
भजनमा संगीत संयोजन चन्द्र गोर्खाली, शब्द सकुल शाह तथा संगीत गायक चन्द्रकान्त पौडेलको नै रहेको छ ।
सार्वजनिक भजनको भिडियोमा अनु शाह र राज तिमिल्सिनाले अभिनय गरेका छन् भने सम्पादन क्रान्ति केसीले गरेका हुन् ।
सार्वजनिक भजनको भिडियो :





