
२८ साउन २०७६, काठमाडौँ
इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासत कक्षको सोमबार राति दुई भारतीय थुनुवा फरार भएका छन् ।
फरार हुनेमा भारतको दार्जिलिङ जिल्ला अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र सोही स्थानका २९ वर्षीय कृष्ण मण्डल रहेको जिल्ला डिएसपी महेन्द्रकुमा श्रेष्ठले जनाए ।
चोरीको आरोप लागेको विषयमा हिरासतमा राखेर प्रमाण जुटाउँदै गरेको अवस्थामा फरार भएको उनले जनाए । डिउटीमा बसेको प्रहरी शौचालय गएको मौका पारेर उनीहरु भागेको उनको भनाइ छ ।
थुनुवा भाग्नु गम्भीर कुरा भएकाले ड्युटीमा रहेका प्रहरीमाथि प्रहरी कार्यालय झापाले अनुसन्धान सुरु गरेको उनले बताए । घट्नापछि दुवै भारतीय थुनुवाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।





