अब हरेक दुई बर्षमा राष्ट्रिय खेलकुद :खेलकुदमन्त्री विश्वकर्मा



२८ साउन २०७६, काठमाडौं

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले हरेक २ बर्ष राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् ।

आईतबार राष्ट्रिय खेलकुद परिषदले काठमाडौंमा आयोजना गरेको चालू आर्थिक बर्षको खेलकुद भौतिक पूर्वाधार तथा योजनासम्बन्धि गोष्ठीमा बोल्दै उनले सो खेलकुद प्रतियोगिता सबै प्रदेशमा चक्रिय प्रणाली अनुसार आयोजना गर्ने योजना पनि सार्वजनिक गरेका छन् ।

सबै प्रदेशको खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माण पनि हुने भएकोले सरकारले सबै प्रदेशमा चक्रीय प्रणाली अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना विश्वकर्माले अबको डेढ बर्ष भित्र गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खुलकुद प्रतियोगितामा आयोजना हुने गरि आवश्यक योजना तय गरिएको पनि बताएका छन् । उनको १३ औँ दक्षिण तीब्रता दिन पनि मातहतका सबै निकायलाई सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्