भदौं ६ र ७ गते फेकन फुटसल प्रतियोगिता हुँदै



२८ साउन २०७६, काठमाडौं

स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) ले यहि भदौ ६ र ७ गते ‘खुशी रहौं, स्वस्थ बनौं’ भन्ने मुल नाराका साथ काठमाडौंमा फुटसल खेल प्रतियोगीता गर्ने भएको छ ।

फेकनको वार्षिक कार्यक्रम अन्तरगत फुटसल खेल प्रतियोगिताको आयोजना गर्न लागेको स्वतन्त्र शैक्षिक परामर्श संघका अध्यक्ष युवराज कटुवाल जानाकारी गराए ।  त्यस्तै उनले फुटसल खेलले नेपालभर छरिएर रहेका एजुकेशन कन्सल्टेन्टहरुसँग भाईचारा सम्वन्ध कायम हुने पनि बताए ।

फुटसल खेल प्रतियोगितामा नेपालभरबाट जम्मा  १५ टिमको सहभागिता रहने  कार्यक्रम संयोजक उमेश कुश्वारले जानाकारी गराए । त्यस्तै प्रतियोगीतामा प्रथम, द्वीतीय, तृतिय र उत्कृष्ट खेलाडीका साथै धेरै गोल गर्ने खेलाडीलाई पुरस्कारको ब्यबस्था गरिएको छ । जसअनुसार प्रथम हुने समुहले मेडल र ट्रफि सहित ५० हजार नगद पुरस्कार, द्वीतीय र तृतिय हँुनेले क्रमसः ३० हजार र २० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडी र धेरै गोल गर्ने खेलाडीलाई पनि पाँच हजार पुरस्कारको ब्यवस्था गरिएको फेकनका उपाध्यक्ष दिपक सिलवालले जनाए ।

अघिल्ला बर्षहरुमा भन्दा यस बर्षको प्रतियोगीता उत्कृष्ठ बनाउने साथै स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) लाई राष्ट्रिय टिमले पनि सपोर्ट गर्ने प्रतियोगीता संयोजक उमेश कुश्वारले जानाकारी गराए ।

कुश्वार राष्ट्रिय स्तरका अनुभवी खेलाडी (फेकन)का कार्यकारी सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख हुन् । त्यसैले पनि यसपालीको प्रतियोगिता उत्कृष्ट हुनेमा ढुक्क रहेको कुरा उनले जानकारी गराए ।

प्रतियोगीतामा कन्सल्टेन्सीका संचालक, कर्मचारीहरु र शैक्षिक परामर्शदाताहरुलाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ । टिम दर्ताका लागी प्रति टिम रु. १५ हजार रुपैया लाग्ने फेकनका महासचिव भुपाल तामाङले परिवर्तन खबरलाई  बताए ।

प्रतिक्रिया दिनुहोस्