
२७ साउन २०७६, काठमाडौं
काठमाडौं गोकर्णेश्वर नगरपालिका ६ बस्ने एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । सामान्य घरयासी विवादमा २५ बर्षे शिला घलेले श्रीमान जलमान स्याङतानलाई चक्कु प्रहार गरि हत्या गरेकी हुन् । शिलाले श्रीमानको तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गरेको प्रहरीको भनाइ छ ।
चक्कु प्रहारबाट घाइते जलमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । आफैले चक्कु प्रहार गरेपछि श्रीमानको शरिरबाट रगत बग्न थालेपछि उनले चिच्याउँदै हातले रगत रोक्न प्रयास गरेकी थिइन् । गम्बिर घाइते भएको स्याङतानलाई देखेपछि सँगै घरमा बसेको छिमेकी र चक्कु प्रहार गर्ने शिलाले तत्काल बोकेर अस्पताल लगे नि उनको बाटैमा मृत्यु भएको हो ।
उनीहरुको ढेड बर्षको एक छोरा समेत छन् । घट्ना लगतै महानगरीय प्रहरी बौद्धबाट खटिएको प्रहरी टोलीले मकवानपुर ८ स्थाई घर भएकी घलेलाई नियन्त्रनमा लिएर आवश्यक कारबाही अघि बढाएको छ । अहिले आमासँगै डेढ बर्षको बालक पनि प्रहरी हिरासतमै छन् ।





