प्रधानमन्त्री स्वदेश फिर्ताः न सलामी, न पत्रकारहरुसँग कुराकानी



 

२७ साउन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन्।

स्वास्थ्य परीक्षण र चिकित्सकसँग थप परामर्श आवश्यक परेको हुँदा लम्बिएको सिंगापुर बसाइपछि प्रधानमन्त्री ओली सोमबार स्वदेश फर्किएका हुन्।

प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेछि सलामी पनि लिएनन् र पत्रकारहरुसँग कुराकानी पनि गरेनन्।

रगतमा क्रेटीनाइनको मात्रा बढेको र पिसाबबाट प्रोटीन बग्‍न थालेपछि चिकित्सकको सल्लाहमा उनी गत १८ साउनमा सिंगापुर गएका थिए।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार स्वास्थ्य परीक्षण कार्य नसकिएको तथा रिपोर्ट आएपछि चिकित्सकसँग थप परामर्श लिनु परेकाले प्रधानमन्त्रीको बसाइ लम्बिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्